नरिवलको तेलमा यी कुरा मिसाएर लगाउनुहोस्, सेतो कपाल कालो हुन्छ

डिसी नेपाल
२८ चैत २०७९ १३:२५

काठमाडौं । घामले कपाल सेतो हुँदैन, यो त उमेरको अनुभव हो, यस्ता भनाइ तपाइले पनि सुन्नु भएको होला । एक समय थियो जब कपाल सेतो हुनु मानिसको उमेरको संकेत हुने गर्दर्थो। तर आजकाल कपाल फुल्नु संग उमेरको मुल्यांकन गर्न सकिदैंन । किनकी आजको जमानामा कपाल सेतो हुनु सामान्य कुरा भएको छ । बालबालिका होस् या युवायुवती, सानै उमेरमा कपाल फुल्ने समस्या बढ्दै गएको छ । यसको एउटा कारण आनुवंशिक हुनुका साथै आजको जीवनशैली, खाना र प्रदूषण पनि हुनसक्छ । यसका अलावा केमिकल युक्त धेरै उत्पादनहरू पनि कपाल सेतो हुनुको कारण बन्न सक्छन्।

मानिसहरु कपाल कालो बनाउन हेयर कलर र हेयर डाईको प्रयोग गर्छन् तर यो केहि समयको लागि मात्र हो र केहि समयपछि यो समस्या झनैं बढ्न थाल्छ । यस बाहेक केमिकल युक्त चीजको प्रयोगले कपाललाई सुख्खा र निर्जीव बनाउँछ। त्यसैले कपाल कालो बनाउन चाहनुहुन्छ भने घरेलु उपाय र स्वदेशी चिजको प्रयोग गर्नु राम्रो हुन्छ ।

आज हामी तपाईलाई प्राकृतिक रुपमा कपाल कालो बनाउने तरिका बताउछौँ । यसका लागि तपाईंले नरिवलको तेल प्रयोग गर्नुपर्छ र यसमा स्वदेशी चीजहरू मिसाएर कपालमा लगाउनु पर्छ। यसो गर्दा तपाईको कपाल प्राकृतिक रुपमा कालो हुन्छ ।

नरिवलको तेलले कपाल कालो गर्ने तरिका:

नरिवल तेल र मेहेन्दी: कपाललाई प्राकृतिक रूपमा रंग गर्न मेहेन्दीको प्रयोग गर्ने गरिन्छ। तपाईंले यसलाई प्रयोग गर्ने सही तरिका जान्न आवश्यक छ। यो तेल बनाउन महिन्दीको पातलाई घाममा सुकाउन राख्नुहोस्। त्यसपछि नरिवलको तेलमा पातहरू हालेर तताउनुहोस्। जब तेलमा पातको रंग निस्कन्छ, ग्यास बन्द गर्नुहोस् र तेललाई चिसो गर्न राख्नुहोस्। त्यसपछि यो तेल कपालमा राम्ररी लगाउनुहोस् र करिब २–३ घण्टासम्म छोड्नुहोस्। यसपछि सफा पानीले कपाल धुनुहोस् । यसले तपाईको कपाललाई प्राकृतिक रुपमा कालो बनाउँछ ।

नरिवलको तेल र अमलाः अमला कपाल र छाला दुवैको लागि धेरै लाभदायक हुन्छ। यसमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । अमलाको धूलो कपालमा प्रयोग गर्न सकिन्छ । नरिवलको तेलमा अमला पाउडर मिसाएर कपालमा लगाउनुहोस् । केही समय राखेपछि कपाल धुनुहोस् । यसले पनि तपाईको कपाल फूल्ने समस्यालाई टाढा भगाउँदै कपाल कालो बनाउँनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *