प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

डिसी नेपाल
२८ चैत २०७९ १३:११

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *