चीनमा प्रख्यात वकिलसहित दुई मानवअधिकारकर्मीलाई सजाय
काठमाडौं । चीनका दुई सबैभन्दा उच्च प्रोफाइल मानव अधिकार कार्यकर्तालाई जेल सजाय सुनाइएको छ। यी दुवै कार्यकर्ताले सरकारमा पारदर्शिता ल्याउन र नागरिक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् ।
यी मध्ये एक कार्यकर्तालाई १२ वर्ष र अर्कोलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।
शु सिओङ एक प्रख्यात मानवअधिकार अधिवक्ता हुन् र डिङ जियाक्सी एक सामाजिक कार्यकर्ता हुन्। गत वर्षको जुनमा बन्द ढोकाको सुनुवाइमा उनीहरू दोषी ठहर भएका थिए ।
दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदानप्रदान गर्नुपर्ने मागलगायत अन्य धेरै विषय उठाउँथे ।
दुवै कार्यकर्ताले आफूहरुमाथि दुव्र्यवहार भएको दाबी गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment