चीनको शंकास्पद जासुसी बेलुन खसालेपछि अमेरिकाले भारतसँग छलफल गरेको थियो

डिसी नेपाल
२९ चैत २०७९ १०:४५
264
Shares

काठमाडौं । चीनको एउटा संदिग्ध जासुसी बेलुन खसालेको हप्ता पछि, अमेरिकाले भारत र अन्य नजिकका देशहरूसँग वार्ता गर्‍यो र यसबारे जानकारी गरायो। सोमबार अमेरिकी सेनाका एक वरिष्ठ कमाण्डरले यसबारे जानकारी दिए।

अमेरिकी प्यासिफिक वायुसेनाका कमाण्डर जनरल केनेथ विल्बोसले यस क्षेत्रका अधिकांश देशका वायुसेनाका प्रमुखबीच वार्ता बन्द कोठामा भएको बताए ।

फेब्रुअरीको सुरुमा अमेरिकाले आफ्नो लडाकु विमानले आफ्नो आकाशमा उडिरहेको चिनियाँ बेलुनलाई खसालेको थियो। उसले यो बेलुनले अमेरिकाभरका सैन्य अड्डाहरूमा जासुसी गरिरहेको बतायो। यो बेलुन क्यानडाको हवाई क्षेत्रमा पनि गएको थियो ।

यो बेलुन साउथ क्यारोलिना नजिकैको समुन्द्रमा खसालिएको थियो । यसपछि दुई देशबीच कूटनीतिक संकट उत्पन्न भयो र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरेका थिए।

एक वर्षअघि भारतको अण्डमान निकोबारको आकाशमा बेलुनजस्तो केही उडेको खबर आएको थियो । अमेरिकी सैन्य कमाण्डर विल्बोस दुई देशबीचको संयुक्त वायुसेना अभ्यासको सिलसिलामा भारत भ्रमणमा आएका थिए ।

उनलाई सोधिएको थियो कि अमेरिकाले चिनियाँ जासूस बेलुनको बारेमा आफ्नो चिन्ता साझा गरेको छ ?

जनरल केनेथ विल्बोसले विश्वका सबै देशलाई आफ्नो हवाई क्षेत्रको सार्वभौमसत्ताको रक्षा गर्ने अधिकार रहेको बताउँदै भने, “हामी विश्वास गर्छौं कि भारतसँग रहेको आकाशमा सार्वभौमसत्ता छ र यहाँ कसले उडान भर्न सक्छ भन्ने निर्णय तपाईंहरूले गर्नुहुन्छ।”

जनरल विल्बोसले कुनै पनि देशको हवाई क्षेत्रको उल्लंघन अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको र यो चिन्ताको विषय भएको बताए ।

पछिल्ला केही वर्षदेखि रक्षा क्षेत्रमा भारत र अमेरिकाबीचको सम्बन्ध बढेको छ । सन् २०१६ मा अमेरिकाले भारतलाई आफ्नो ‘प्रमुख रक्षा साझेदार’को हैसियत दिएको थियो, त्यसपछि अत्याधुनिक रक्षा उपकरण र प्रविधि दिने बाटो खुलेको थियो ।

यसबाहेक सन् २०१६ मा लजिस्टिक एक्सचेन्ज मेमोरेन्डम अफ एग्रीमेन्ट, २०१८ मा कम्युनिकेसन्स कम्प्याटिबिलिटी एण्ड सेक्युरिटी एग्रीमेन्ट र सन् २०२० मा आधारभूत आदानप्रदान तथा सहयोग सम्झौता जस्ता सम्झौतामा हस्ताक्षर भएको थियो ।

यी सम्झौताबाट दुई देशबीचको सैन्य क्षेत्रमा सहयोग मजबुत र व्यापक हुने र भारतले अत्याधुनिक प्रविधि प्राप्त गर्न सक्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *