यस्ता व्यक्तिले नखानुहोस् काँचो प्याज, देखिन्छ स्वास्थ्यमा खराबी

डिसी नेपाल
२९ चैत २०७९ ११:०७

काठमाडौं । प्राकृतिक औषधियुक्त खानेकुराको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यस्तै औषधियुक्त खानेकुरा हो प्याज। प्याजको सेवनले शरीरका धेरै समस्याहरु हटाउन फाइदाजनक हुन्छ ।

गर्मीमा काँचो प्याज खान विज्ञहरु सल्लाह दिन्छन्। काँचो प्याजले गर्मी र शरीरको तापबाट बचाउँछ। यसका साथै काँचो प्याजको सेवनले धेरै रोगको उपचार गर्न सकिन्छ । कपाल झर्ने समस्याबाट छुटकारा पाउनका लागि प्रायः महिलाहरूले काँचो प्याजको रस पनि प्रयोग गर्छन् । काँचो प्याज सधैं फाइदाजनक हुन्छ भन्ने होइन । कहिलेकाहीँ प्याजको अत्यधिक सेवन हानिकारक हुन सक्छ। प्याजको अत्याधिक सेवनले आन्द्रालाई असर गर्छ र पेटको समस्या निम्त्याउन सक्छ। आउनुहोस् प्याज खानुका फाइदा र बेफाइदा बारे जानौं।

प्याजमा सोडियम, पोटासियम, फोलेट, भिटामिन ए, सी र ई, क्याल्सियम, म्याग्नेसियम, आइरन र फस्फोरस प्रचुर मात्रामा पाइन्छ। यसबाहेक प्याजमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । प्याजमा एन्टी–एलर्जी, एन्टिअक्सिडेन्ट र एन्टी–कार्सिनोजेनिक गुण पनि पाइन्छ। प्याज एक प्रकारको सुपरफुड हो।

प्याज खानुका फाइदाहरुः

मुटुको लागि राम्रो– एक रिपोर्टका अनुसार प्याजमा फ्लेभोनोइड्सको गुण हुन्छ, जसले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। यसबाहेक प्याजको थायो सल्फाइटको सेवनले रगतमा स्थिरता कायम राख्छ। जसका कारण हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ । प्याजले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्छ ।

प्याज क्यान्सरमा फाइदाजनक– काँचो प्याज क्यान्सरसँग लड्न प्रभावकारी हुन्छ। प्याजमा सल्फरको मात्रा धेरै हुन्छ, जसले क्यान्सर कोशिकालाई बढ्न दिँदैन । क्यान्सरसँग लड्ने क्षमता पनि बढाउँछ ।

हड्डी बलियो बनाउँछ– प्याजको नियमित सेवनले हड्डी बलियो बनाउँछ । दुग्धजन्य पदार्थ हड्डीका लागि प्रयोग गरिन्छ तर प्याजको सेवनले हड्डीलाई मजबुत बनाउन पनि मद्दत गर्छ । प्याजमा पनि धेरै क्याल्सियम पाइन्छ ।

कपालका लागि प्याज लाभदायक– प्याजमा एन्टिब्याक्टेरियल, एन्टिफङ्गल र एन्टिअक्सिडेन्ट गुण हुन्छ। जसले कपाललाई बलियो बनाउन फाइदाजनक हुन्छ । प्याजको रस टाउकोमा लगाउनाले कपाल बाक्लो, चम्किलो र छिट्टै बढ्छ। यसले रक्तसञ्चार बढाउँछ र कपालाई जराबाट नै बलियो बनाउँछ। कपाल फुल्नु वा डन्डीफोर हुनु सामान्य समस्या हो तर प्याजको सेवनले कपाल कालो फुल्ने समस्या र डन्डीफोरमुक्त हुन्छ ।

प्याज खानुका बेफाइदाहरुः

सुगर लेभल कम हुनेका लागि हानिकारक– जसको शरिरमा सुगरको मात्रा कम भएको छ, उनीहरुले प्याजको सेवन कम गर्नुपर्छ । किनकी प्याजले चिनीको मात्रा निकै कम गर्ने गर्दछ।

गर्भवती– गर्भवती महिलाहरूले पनि प्याजको सीमित मात्रामा सेवन गर्नुपर्छ। किनभने प्याजले उनीहरूमा जलन हुन सक्छ, जुन सुत्केरीको समयमा पीडादायी हुन्छ। प्याजको रस छालाको लागि हानिकारक हुन सक्छ।

पेटमा प्रभाव– काँचो प्याज बढी खाँदा साल्मोनेला नामक ब्याक्टेरियाको समस्या हुन सक्छ । यस्तो समस्यामा आन्द्रामा असर पर्छ, जसका कारण बिस्तारै पेट खराब हुन थाल्छ ।

कब्जियत र पेट दुखाइ– प्याजमा फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पेट दुख्न सक्छ । काँचो प्याज बढी खाँदा पेट दुख्ने र कब्जियत हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *