श्रीनगरमा जी-२० बैठक गर्ने भारतको निर्णयमा पाकिस्तानले के भन्यो ?
काठमाडौं । जम्मू कश्मीरको श्रीनगरमा जी-२० बैठक आयोजना गर्ने भारत सरकारको निर्णयप्रति पाकिस्तानले प्रतिक्रिया दिएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा, मे २२-२४ मा श्रीनगरमा जी-२० पर्यटन कार्य समूहको बैठक आयोजना गर्ने भारतको निर्णयप्रति कडा असन्तुष्टि व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “भारतको गैरजिम्मेवारपूर्ण कदम जम्मु र कश्मीरमा आफ्नो अवैध कब्जालाई निरन्तरता दिने प्रयासको एक हिस्सा हो। यो अन्तर्राष्ट्रिय कानूनको, संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव र संयुक्त राष्ट्र बडापत्रका सिद्धान्तहरूको घोर उल्लङ्घन हो। त्यस्ता गतिविधिहरूले यो तथ्य लुकाउँदैन कि जम्मू-कश्मीर अन्तर्राष्ट्रिय रूपमा विवादित क्षेत्र हो, जुन विगत सात दशकदेखि संयुक्त राष्ट्र सुरक्षा परिषद्को एजेन्डामा रहेको छ।”
पाकिस्तानले भन्यो, “यस्ता गतिविधिहरूले भारत प्रशासित कश्मीरमा अवैध रूपमा जनसांख्यिकी परिवर्तन लगायत मानिसहरूमाथि हुने दमनका अन्य मुद्दाहरूबाट पनि अन्तर्राष्ट्रिय समुदायको ध्यान हटाउँदैन।”
पाकिस्तानले कश्मीरमा जी-२० कार्यक्रम आयोजना गर्ने निर्णय गरेर आफ्नो हितलाई अगाडि बढाउन प्रमुख अन्तर्राष्ट्रिय समूहमा आफ्नो सदस्यताको फाइदा उठाउँदै आएको पाकिस्तानले जनाएको छ।
गत आइतबार नै अङ्ग्रेजी पत्रिका टाइम्स अफ इन्डियाले आफ्नो एउटा समाचारमा भारतले मे २२ देखि २४ सम्म श्रीनगरमा जी-२० बैठक गर्ने घोषणा गरेको दाबी गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment