म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु
बैंकक। म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा हवाई हमला गरेको छ। मंगलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ।
सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो। सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ। सैनिक प्रवक्ता जाव मिन तुनले पिपल्स डिफेन्स फोर्सको कार्यालय उद्घाटन समारोहमा हवाई आक्रमण भएको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment