गौमुत्र पिउनु स्वास्थ्यका लागि हानिकारक, अनुसन्धानले यस्तो भन्छ!

डिसी नेपाल
२९ चैत २०७९ ११:४०

काठमाडौं । पछिल्ला केही वर्षयता गौमुत्रको चर्चा चलिरहेको छ । आयुर्वेदमा गाईको मूत्रलाई धेरै रोगबाट बच्ने उपायको रूपमा वर्णन गरिएको छ। क्यान्सर रोगमा पनि निको हुने बताइन्छ । यस्तो अवस्थामा भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानको एक अनुसन्धान बाहिर आएको छ, जसमा गौ पिसाब पिउनु तपाईको लागि हानिकारक हुनसक्ने बताईएको छ । यति मात्र होइन, यस अनुसन्धानमा भैंसीको पिसाब गाईको पिसाबभन्दा राम्रो हुने पनि बताइएको छ । तसर्थ,गौमुत्र पिउनुका हानिहरुका बारेमा जानौं ।

गौमुत्रबारे यो अनुसन्धानले के भन्छ ? – यस अनुसन्धानमा गाईको पिसाबको बारेमा धेरै कुरा भनिएको छ । उत्तर प्रदेशको बरेली जिल्लाको इज्जतनगरमा रहेको भारतीय पशु चिकित्सा अनुसन्धान संस्थान (आईभीआरआई) मा केही विद्यार्थीहरूले मिलेर गौमुत्रमा अनुसन्धान गरेका थिए । गाईको पिसाबमा १४ प्रकारका ब्याक्टेरिया हुने र तीमध्ये अधिकांश ई–कोलाई (एस्चेरिचिया कोलाई) ब्याक्टेरिया रहेको बताइएको छ ।

E-coli (Escherichia coli) ब्याक्टेरिया मानवका लागि हानिकारकः E-coli (Escherichia coli) ले मानिसमा पेटको संक्रमण निम्त्याउने गर्दछ । त्यसैले गौमुत्रको सेवनले गम्भीर रूपमा बिरामी बनाउन सक्छ। यस अनुसन्धानका लागि ७३ गाई र भैंसीको पिसाब लिइएको थियो । यसमा साहिवाल, थारपार्कर र विन्दवी जस्ता विभिन्न जातका गाईहरू समावेश थिए। जसमा पिसाबमा धेरै प्रकारका ब्याक्टेरियाहरु पाइएको छ । जुन स्वास्थ्यको दृष्टिकोणले निकै हानिकारक पनि छन् ।

यति मात्र होइन, गाईको पिसाबभन्दा भैंसीको पिसाब बढी फाइदाजनक हुने अनुसन्धानमा बताइएको छ । भैंसीको पिसाबमा S Epidermidis र E Rhapontici जस्ता बढी प्रभावकारी ब्याक्टेरिया हुन्छन् जुन स्वास्थ्यको दृष्टिले फाइदाजनक हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *