गर्भावस्थामा के खाने, के नखाने ? थाहा पाउनुहोस्

डिसी नेपाल
२९ चैत २०७९ १२:१४

काठमाडौं । गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ।

आमा बन्न पाउनु हरेक नारीको चाहना हो। आमा बन्नुको अनुभूति अर्कै हो किनकी ९ महिनासम्म आमाले आफ्नो भित्र जिवन राखेर सारा कठिनाई सहेर संसारमा जीवन ल्याउछिन्। महिलाले गर्भावस्थाको नौ महिनाको यस अवधिमा उनको शरीर र जीवनको दिनचर्यामा धेरै परिवर्तन आउँछ। धेरै शारीरिक–मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ।गर्भावस्थामा हरेक सानातिना कुरामा ध्यान दिनु आवश्यक हुन्छ किनभने थोरै लापरवाहीले कमि वा थाइराइड, सुगर, बीपीलगायतका गम्भीर रोगको कारण बन्ने र जीवनलाई जोखिममा पार्ने गर्छ । आज हामी तपाईलाई गर्भावस्थामा के खाने र कसरी ध्यान दिने भन्ने बारेमा जानकारी दिनेछौैं ।

गर्भावस्थामा के खाने ?:
दुग्ध उत्पादन, हरियो पत्तेदार तरकारी, सुख्खा फलहरू, ओखर, ओट्स लगायतका खानेकुराहरु खानु पर्दछ। यसका साथै प्रशस्त पानी पिउने, प्रशस्त फलफूल तथा तरकारी खानुपर्छ। आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ। यस्तै माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ।

गर्भावस्थाको समयमा ख्याल राख्नुहोस्ः
धेरै खानबाट बच्नुहोस्, प्रशस्त निद्रा, फास्ट फूड नखानुहोस्, भारी नउठाउनुहोस्, धुम्रपान–मद्यपानबाट बच्नुहोस्। यसका साथै गर्भावस्थामा रक्सीयुक्त पेयपदार्थ, सुर्ती, चुरोट यस्ता कुराहरु खानु हुँदैन। त्यस्तै काँचो मासु तथा काँचो अण्डा खानु पनि हानिकारक हुनसक्छ। सकभर यसबाट अलग रहनु नै राम्रो मानिन्छ। यसका साथै काँचो मेवा, भुईंकटर, धेरै मात्रामा अंगुर र नपखालिएका काँचो फलफूलका साथै काँचो अण्डा पनि खानु हुँदैन। यसका साथै काँचो खानेकुरा, जङ्क फुड, क्याफिन, काँचो अङ्कुरित गेडागुडी गर्भवती महिलाले नखाएकै राम्रो मानिन्छ।

गर्भावस्थामा के गर्ने ? :आइरनयुक्त खानेकुराहरु खाने, नियमित कसरत गर्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, एक स्वस्थ समय तालिका बनाउनुहोस्, नियमित चेकअप लिनुहोस्,

गर्भावस्थामा यी कुरा हुँदा सतर्क रहनुहोस्ः रगत बग्दा, पेट दुख्नु, बारम्बार टाउको दुख्ने, १ दिनभन्दा बढी ज्वरो आयो भने समयमै चिकित्सकसंग सल्लाह लिनुहोस् ।

गर्भावस्थामा चाहिने पोषिला खानेकुरा:

क्यालोरी–भात, रोटी, घिऊ, तेल सख्खर, चिनी।
प्रोटिन –दाल, गेडागुडी, माछा, मासु, अन्डा, दुध।
फोलेट–दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुंगो, हरिया सागपात।
आइरन– रातो मासु, गाढा हरिया सागपात, गेडागुडी ।
खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने भएकाले आइरन चक्की तथा फोलेट पनि सेवन गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *