भारतीय सेनाको क्याम्पमा भएको गोली हानाहान आतंकवाद होइन, जवानले गोली चलाएको आशंका
काठमाडौं । पञ्जाबको भटिंडामा रहेको भारतीय सेनाको क्याम्पमा भएको गोलीबारी ‘आतंकवादी हमला’ होइन। भटिण्डाका एसएसपी जीएस खुरानाले सो जानकारी दिएका हुन् ।
बीबीसी पंजाबी संवाददाता अरविन्द छाबराले एसएसपी भटिंडा गुलनीत सिंह खुरानासँग कुरा गरे।
घटनास्थलमा प्रहरी पुगेपनि कसले र किन गोली चलाएको हो भन्ने खुल्न नसकेको उनले बताए ।
बुधबार बिहान भएको गोली हानाहानमा ४ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
बिहान ४.३५ बजे गोलीबारी भएको थियो, त्यसपछि सम्पूर्ण क्षेत्रलाई सिल गरी खोजी अभियान सुरु गरिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment