सलमान खान विरुद्धको मुद्दा खारेज
काठमाडौं । बम्बई उच्च अदालतले बलिउड अभिनेता सलमान खान विरुद्धको आपराधिक कारबाही खारेज गर्ने निर्णय दिँदै भनेको छ कि न्यायिक प्रक्रियाको मतलब यो होइन कि एक व्यक्ति सेलिब्रेटी भएको कारणले अनावश्यक रूपमा उत्पीडन गर्नु पर्छ।
सलमान खानविरुद्ध यो मुद्दा एक पत्रकारले सन् २०१९ मा दर्ता गरेका थिए । आफ्नो उजुरीमा पत्रकारले सलमान खानलाई धम्की दिएको आरोप लगाएका थिए ।
न्यायाधीश भारती डांग्रेले ३० मार्चमा नै सलमान खान र उनका अंगरक्षक नवाज शेखविरुद्धको मुद्दा खारेज गरिदिएका थिए । यस मुद्दामा तल्लो अदालतले दुवैलाई समन जारी गरेको थियो।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार मंगलबार उच्च अदालतको आदेशको प्रतिलिपि उपलब्ध गराइएको थियो। उच्च अदालतले म्याजिस्ट्रेटले समन जारी गर्दा प्रक्रिया पालना नगरेको बताएको छ ।
आदेशमा भनिएको छ, “न्यायिक प्रक्रियाको अर्थ कसैलाई अनावश्यक रूपमा दुर्व्यवहार गर्नु हुँदैन। अभियुक्त चर्चित सेलिब्रेटी भएकाले उजुरीकर्ताको आदेशमा उनलाई अनुचित कष्ट दिन पाइँदैन।”
न्यायमूर्ति डाँग्रेले आफ्नो फैसलामा निवेदकमाथि कुनै पनि कानुनी कारबाही जारी राख्नु उनीमाथि घोर अन्याय हुने पनि बताएका छन् । मजिस्ट्रेटले यस मुद्दामा पहिले उजुरीकर्ताको बयान लिनु पर्ने थियो ताकि उनको आरोपलाई पुष्टि गर्न सकियोस्।
यस मामलामा, म्याजिस्ट्रेट अदालतले मार्च २०२२ मा सलमान र उनका अंगरक्षकहरू विरुद्ध समन जारी गर्यो र उनीहरूलाई अप्रिल ५, २०२२ मा अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो।







डिसी नेपाल







Facebook Comment