रियल म्याड्रिडसँग चेल्सी पराजित
काठमाडौं। युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई २-० को गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे।
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले १-० को अग्रता लिन सफल भयो। उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए।
यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
चेल्सीलाई सेमिफाइनलको यात्र तय गर्न कम्तीमा ३-० को जितको आवश्यक छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment