भारतका शक्तिशाली पूर्वसांसद अतिक अहमदका छोरालाई प्रहरीले इन्काउन्टरमा मारिदियो
काठमाडौं । प्रयागराजको चर्चित उमेश पाल हत्या प्रकरणमा परेका बाहुबली नेता अतिक अहमदका छोरा असद अहमद झाँसीमा प्रहरी इन्काउन्टरमा मारिएका छन् । मुद्दाका अर्का अभियुक्त गुलाम मोहम्मदको पनि मुठभेडमा मृत्यु भएको छ ।
उमेश पाल हत्या प्रकरणमा प्रहरीले यी दुई अभियुक्तको खोजी गरिरहेको थियो । दुवैमाथि पाँच लाख रुपैयाँ पुरस्कार राखिएको थियो ।
उत्तर प्रदेश प्रहरीका अनुसार यो कारबाही उत्तर प्रदेश र झाँसी प्रहरीको संयुक्त अभियान थियो। प्रहरीका अनुसार यी ‘इनकाउन्टर’ दुई डेपुटी एसपी नवेन्दु र विमलको नेतृत्वमा गरिएको थियो ।
प्रहरीका अनुसार असद करिब २० वर्षका थिए । दुवैको साथबाट विदेशी हतियार पनि बरामद भएको प्रहरीको दाबी छ ।
मारिएका दुईजनाबारे प्रहरीले उमेश पालको हत्यामा गोली प्रहार गर्ने यिनै दुई जना रहेको दाबी गरेको छ । प्रहरीका अनुसार सीसीटीभीमा दुवैले गोली चलाएको देखिएका छन् ।







डिसी नेपाल







Facebook Comment