मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत हुँदैछः प्रधानमन्त्री दाहाल (भिडियो)

डिसी नेपाल
१ वैशाख २०८० १३:२०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगाएत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका हुन् । अहिले माओवादीको नेतृत्वका सरकार रहेका कारण परिवर्तनहरु उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको उनले बताए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने धारणा राखे ।

प्रचण्डले सरकारको नेतृत्व गरेपछि धेरै काम सुरु भएको र त्यसमा केहि पुरा नभएको र केहि पुरा हुन बाँकी रहेको भन्दै कामको स्वामित्व लिने भन्दा पनि जनतामा भ्रम छर्ने प्रवृति हावी देखिएको उल्लेख गरेका छन्। उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए।

प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *