विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड : राष्ट्र बैंक

डिसी नेपाल
१ वैशाख २०८० १९:३१
84
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को फागुनसम्मको कूल विदेशी विनिमय सञ्चिति सकारात्मक स्थितिमा रहेको जनाएको छ ।

केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बारे एक प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।

बैंकका अनुसार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बारे विज्ञप्ति जारी गर्दै २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ । उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *