पाकिस्तानसँग न्युजिल्यान्डलाई पराजित
काठमाडौं। पाकिस्तानले पहिलो टी-२० आई खेलमा न्युजिल्याण्ड ८८ रनले पराजित गरेको छ।
योसँगै पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ। पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो। न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए।
ओपनर तथा कप्तान टम लाथम २०, चाद वोवेस १, विल योंग २, डर्याल मिचेल ११, जेम्श निसम १५ र रचिन रविन्द्र २ रनमा आउट भए। पाकिस्तानका हरिस रौफले चार ४, ईमाद वासिमले २, शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान एक विकेट लिए।
त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा १ सय ८२ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुबले ४७ रनमा रन आउट भए। फखार जमानले ४७ रन बनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment