राहुल गान्धीले सरकारी निवास खाली गरे

डिसी नेपाल
२ वैशाख २०८० १०:२९
216
Shares

काठमाडौं । सुरत अदालतको फैसलापछि लोकसभाको सदस्यता गुमाएका कांग्रेस नेता राहुल गान्धीले शुक्रबार आफ्नो सरकारी निवास खाली गरेका छन्।

समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार राहुल गान्धीको १२, तुगलक लेन निवासबाट ट्रक निस्किरहेको देखिन्छ।

लोकसभा सचिवालयका उपसचिव मोहित राजनले मार्च २७ मा जारी गरेको एउटा पत्रमा राहुल गान्धीलाई सांसदको रूपमा दिइएको सरकारी आवास खाली गर्न एक महिनाको सूचना दिइएको थियो।

पत्रमा भनिएको थियो कि उनीहरूले पहिलेका शर्तहरू अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम एक महिना अर्थात् अप्रिल २२, २०२३ सम्म राख्न सक्नेछन्।

अप्रिल २३, २०२३ देखि उनलाई यो बंगलाको आवंटन रद्द भएको मानिने बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *