अमेरिकाका पूर्व विदेशमन्त्री पोम्पेओले राष्ट्रपतिको चुनाव लड्ने छैनन्

डिसी नेपाल
२ वैशाख २०८० १०:३१
140
Shares

काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री तथा गुप्तचर एजेन्सी सीआईएका निर्देशक माइक पोम्पेओले आगामी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।

पोम्पेओले ट्विटमा लेखेका छन्, ‘सुसान र मैले धेरै सोचेर र प्रार्थनापछि आफूलाई अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारको रूपमा प्रस्तुत नगर्ने निर्णय गरेका छौं।”

ट्विटमा उनले यो आफ्नो व्यक्तिगत निर्णय भएको लेखेका छन् ।

उनले लेखेका छन्, “यो समय मेरो र मेरो परिवारको लागि उपयुक्त छैन। एक सैनिक, प्रतिनिधि सभाको सदस्य, सीआईएको निर्देशक र राज्य सचिवको रूपमा, मैले अमेरिकालाई अगाडि बढाउने सुअवसर पाएको छु। यी भूमिकाहरू मेरो लागि उपयुक्त छन्। तर अहिले राष्ट्रपतिको चुनाव लड्नु मेरो लागि ठीक होइन।

माइक पोम्पेओ भर्खरै आफ्नो पुस्तकको लागि हेडलाइनमा थिए। आफ्नो पुस्तकमा उनले साउदी पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा आफ्नै देशको मिडियाको खिल्ली उडाएका छन् ।

माइक पोम्पेओले आफ्नो पुस्तकमा वर्तमान साउदी युवराज मोहम्मद बिन सलमानको पनि प्रशंसा गरेका छन् र उनलाई वर्तमान युगको महान् नेतामध्ये एकको रूपमा वर्णन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *