ला लिगा : रियल म्याड्रिडसँग क्याडिज पराजित
काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २-० ले पराजित गरेको छ।
क्याडिजमा शनिबार राति भएको खेलमा रियलले घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्काे एसेन्सियोले गोल गरे।
यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ। एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ। पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment