भिमको ‘सुस्तरी सुस्तरी’मा गरिमा शर्मा (भिडियो)

डिसी नेपाल
३ वैशाख २०८० १०:५४
216
Shares

काठमाडौँ। बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ।

हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *