वर्तमान सरकारसंग संसद चलाउने योजना नै छैनः योगेश भट्टराई {भिडियो}

डिसी नेपाल
३ वैशाख २०८० १५:३१
56
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् ।

उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए । शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाडो मात्रै भएको भन्दै उहाले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरे। उनले बिभिन्न ऐनहरु अघि वढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *