बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने सांसद परियारको दावी {भिडियो}

डिसी नेपाल
३ वैशाख २०८० १६:०४

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले दलहरुबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताए ।

मन्त्री चयनका बिषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दावी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसंग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे। त्यस्तै उनले दलहरुबीच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए। फरक प्रसंगमा उहाले रास्वपाका सांसदलाई दलले छानविन वा कारवाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारवाही गर्ने अधिकार दललाई रहेको पनि बताए।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारवाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे। उनले बिगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *