दुबईमा भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु
काठमाडौं । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा एक परिवार भारतको केरलाका छन् ।
भवनको चौथो तल्लाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो ।
खलीज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै भनेको छ कि आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि थिए।
दुबई सिभिल डिफेन्सका प्रवक्ताले भने कि प्रारम्भिक अनुसन्धानले भवनमा पर्याप्त आगो सुरक्षा नभएको देखाएको छ। आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment