चीनको दाबी – पछिल्लो त्रैमासिकमा अर्थतन्त्रमा ४.५ प्रतिशत वृद्धि

डिसी नेपाल
५ वैशाख २०८० १५:४६
20
Shares

काठमाडौं । चीनले पछिल्लो त्रैमासिकमा आफ्नो अर्थतन्त्रले ४.५ प्रतिशतको वृद्धि हासिल गरेको बताएको छ ।

चीनले कोभिड प्रतिबन्धहरू खुकुलो पारेपछि आफ्नो अर्थतन्त्रले गति लिएको र विज्ञहरूको अनुमानलाई उछिन्दै ४.५ प्रतिशत वृद्धि भएको बताएको छ।

यसअघिको अनुमानमा अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले मात्रै वृद्धि हुने बताइएको थियो । डिसेम्बरमा, चीनले कार्यस्थलहरूमा तीन वर्षदेखिको कोभिड प्रतिबन्ध अन्त्य गर्‍यो।

प्रतिबन्ध सकिएपछि खुद्रा बिक्री र औद्योगिक उत्पादनमा वृद्धि भएको छ । चीनले सन् २०२३ मा पाँच प्रतिशत वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

गत वर्ष चीनको अर्थतन्त्र वृद्धिको हिसाबले लक्ष्यभन्दा धेरै पछाडि थियो।

विश्वका धेरै अर्थतन्त्र सुस्त अवस्थामा रहेको बेला चीनले ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *