सुडानमा अमेरिकी कूटनीतिज्ञको समूहमाथि आक्रमण
काठमाडौं । सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच भएको सशस्त्र द्वन्द्वका क्रममा अमेरिकी कूटनीतिक समूहमा आक्रमण भएको छ । यद्यपि यसमा कसैलाई पनि क्षति पुगेको छैन ।
घटनाबारे जानकारी दिँदै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, ‘यो लापरवाहीपूर्ण कार्य हो। यो निश्चित रूपमा गैरजिम्मेवार र असुरक्षित छ।’
यसअघि सुडानका लागि युरोपेली संघका राजदूत इडेन ओ’हाराको खार्तुमस्थित उनको घरमा आक्रमण भएको खबर आएको थियो। तर, आयरल्यान्डका विदेशमन्त्री माइकल मार्टिनले ओ’हारालाई खासै चोट नलागेको बताए ।
संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच तीन दिनसम्म चलेको द्वन्द्वमा १८५ जनाको मृत्यु भएको छ भने १८०० भन्दा बढी घाइते भएका छन् ।
खार्तुममा हवाई आक्रमण, बम विष्फोट र साना हतियार आक्रमण भइरहेका छन्। सेना र र्यापिड सपोर्ट फोर्स दुवैले खार्तुमका प्रमुख स्थानहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्।
विष्फोटबाट बच्न यी मध्ये केही स्थानमा सर्वसाधारणले शरण लिएका छन् ।







डिसी नेपाल







Facebook Comment