चीनकाे अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु
काठमाडौँ। बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ। चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ।
प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन। यद्धपी, सो घटनाका बारेमा गम्भिर रुपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ।
न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एयर कन्डिसन माथी बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो। उनीहरु उद्धारका प्रतिक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए।
जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराईएकाे छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment