पुटिनले रुसले कब्जा गरेको क्षेत्र खेरसन पुगेर अवस्थाको जानकारी लिए

डिसी नेपाल
६ वैशाख २०८० १२:३०
240
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खेरसन आइपुगेको खबर छ । रुसका अनुसार पुटिन युक्रेनको खेरसन क्षेत्रहरूमा गएका थिए जुन उनको सेनाले कब्जा गरेको छ।

उनले त्यहाँ पुगेर सेना कमाण्डको बैठक गरेको बताइएको छ । उक्त भेटमा उनले सैनिक कमाण्डरसँग प्रतिवेदन लिएका थिए ।

पुटिनले लुहान्स्कको पनि भ्रमण गरेको बुझिएको छ । रुसले गत वर्ष खेरसन र लुहान्स्क कब्जा गरेको थियो । पुटिनले यस्तो भ्रमण विरलै गर्छन्।

उनले मार्चमा अचानक मारियोपोल सहरको भ्रमण गरेका थिए । पुटिनले कहिले खेर्सनको भ्रमण गरे भन्ने थाहा नभए पनि उनले जापोरिज्ज्याको अवस्थाबारे जानकारी लिएको रुसी सञ्चारमाध्यमले जनाएको छ ।

रुसले जापोरिज्ज्या आफ्नो क्षेत्र भएको दाबी गर्छ।

खेरसनमा रुसी कमाण्डरहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘हामी तपाईहरु आफ्नो कर्तव्यबाट विचलित भएको चाहँदैनौं, तर तपाईको राय जान्नु पनि मेरो लागि महत्वपूर्ण छ । म जान्न चाहन्छु अवस्था कहाँ जाँदैछ। हामी यहाँको अवस्था बारे तपाईंबाट जान्न चाहन्छौं। हामी जानकारी साझा गर्न चाहन्छौं।’

गत वर्ष रुसी सेना खेरसनबाट फर्किएको थियो । फेब्रुअरी २०२२ मा रुसको आक्रमण पछि, यो एक मात्र राजधानी थियो, जसलाई कब्जा गर्न सफल भयो। यद्यपि यसका केही क्षेत्रहरू अझै पनि रुसी सेनाको कब्जामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *