युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो
काठमाडौँ। एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो। युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्ताफाले शतक प्रहार गरे। अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए।
त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए। आसिफ खानले ३० रन जोडे। कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment