खरायो सम्झेर गोली हान्दा मानिसको मृत्यु

डिसी नेपाल
६ वैशाख २०८० १४:३८
552
Shares

काठमाडौं । चीनमा शिकारीहरूले जंगलमा चलिरहेको घाँसको बीचमा एक व्यक्तिलाई खरायो सम्झेर गोली हानेका छन्। उक्त घटनामा वाङ मौजिन नामका व्यक्तिको मृत्यु भएको थियो । यस घटनामा चार जना पक्राउ परेका छन् ।

यो घटना गत हप्ता शुक्रबार साँझको हो । जियाङ्सी प्रान्तमा चार जना शिकार खेल्न गएका थिए । चीनमा गोली हानाहान हुने घटना विरलै हुने गरेको छ ।

जङ्गलमा घाँसको आवाज सुनेपछि चारमध्ये एकले गोली चलाएको प्रहरीले जनाएको छ । पीडित त्यहाँ माछा मार्न गएका थिए । पोष्टमार्टम रिपोर्टमा डुबेर मृत्यु भएको खुलेको छ ।

वास्तवमा गोली लागेर पानीको खाडलमा खसेर डुबेर मृत्यु भयो । चीनमा बन्दुक राख्ने नियम निकै कडा छ । यो घटनालाई लिएर चीनमा सामाजिक सञ्जालमा निकै बहस भएको छ ।

“यो कसरी सम्भव छ कि यो देशमा एक व्यक्तिसँग बन्दुक छ,” एक व्यक्तिले सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा लेखे।

अर्कोतर्फ अर्काले लेखेका छन्, ‘यो समाचार पढेपछि मलाई यो अमेरिकाबाट आएको कुनै समाचार हुनुपर्छ भन्ने लाग्यो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *