सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

डिसी नेपाल
६ वैशाख २०८० १५:५५

महोत्तरी। महोत्तरीमा दुर्घटनामा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो।

बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश-०१-००४-६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गौशाला नगरपालिका-२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षीया छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो।

अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *