उत्तर कोरियाले बनायो जासुसी उपग्रह, किम जोङ उनले दिए लञ्चको अनुमति

डिसी नेपाल
६ वैशाख २०८० १७:०४
132
Shares

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् ।

उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार मंगलबार किम जोङ उनले आफ्ना सैन्य अधिकारीहरूलाई भने, “देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्ममा पूरा भइसकेको कुरा सुनिश्चित गर्नुहोस्, ताकि यसलाई योजनाअनुसार छोड्न सकियोस्।”

उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताए ।

कोरियाले ठोस इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासूस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *