यमनमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ को मृत्यु

डिसी नेपाल
७ वैशाख २०८० ८:५३
80
Shares

साना। रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि सो विद्यालयमा सयौं मानिस जम्मा भएका थिए। प्रतिव्यक्ति करिब ९ डलर (करिब ७ सय ४० रुपैयाँ) रकम दिइँदै गर्दा भएको भाग दौडमा परी ७८ जनाको मृत्यु भएको हो।

यसरी, रकम वितरण गर्दा सुरक्षाको ख्याल नगरिएको भन्दै रकम वितरण गर्नेलाई प्रहरीमा हिरासतमा लिई अनुसन्धान सुरु गरिएको सुरक्षा अधिकारीले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *