के-पप स्टार मुनबिनको २५ वर्षको उमेरमा निधन

डिसी नेपाल
७ वैशाख २०८० १०:५८
19.8k
Shares

काठमाडौं । के-पप स्टार मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । गायकका गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको छ ।

दक्षिण कोरियाली सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै मुनबिनलाई बुधबार राति उनको सोलको अपार्टमेन्टमा उनको म्यानेजरले अचेत अवस्थामा फेला पारेको बताएको छ ।

मुनबिनले आफ्नो जीवनमा ‘कडा निर्णय’ लिएको र मृत्युको कारण पत्ता लगाउन केसको हरेक पक्षमा अनुसन्धान गरिने प्रहरीको भनाइ छ।

मुनबिनको रेकर्डिङ कम्पनी फन्टियागोले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उनी अचानक हामीलाई छोडेर आकाशको तारा बनेका छन्।”

सन् २०१६ मा दक्षिण कोरियाली ब्वाय ब्यान्ड स्ट्रोलको हिस्सा बन्नुअघि मुनबिन एक अभिनेता र मोडल थिए।

फन्टियागोले आफ्नो विज्ञप्तिमा भनेको छ, “सबै मानिसहरूले कुनै पनि प्रकारको अड्कलबाजी गर्नबाट जोगिनु पर्छ ताकि उनको परिवारले उनलाई शान्तिमा सम्मानजनक विदाई दिन सकून्।”

मुनबिन बाल्यकालमा फन्टियागोको प्रशिक्षार्थी कार्यक्रममा सामेल भए र पछि एस्ट्रोको ब्यान्डको एक हिस्सा भए। यो समूहमा ६ जना सदस्य थिए तर यीमध्ये एक सदस्यले यसै वर्षको फेब्रुअरीमा नै ब्यान्ड छोडेका थिए ।

उनकी बहिनी मुन सुना आफैं के-पप गायिका हुन् र गर्ल ब्यान्ड बिलीको हिस्सा हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *