प्रसिद्ध निर्देशक यश चोपडाकी श्रीमतीको निधन
काठमाडौं । बलिउडबाट निकै दुखद खबर बाहिर आएको छ । भारतीय चलचित्र जगतका दिग्गज निर्देशक यश चोपडाकी पत्नी पामेला चोपडाको निधन भएको छ । पामेला चोपडाले ८५ वर्षको उमेरमा अन्तिम सास लिइन् । पामेला चोपडाको निधनले सम्पूर्ण बलिउड उद्योगलाई ठूलो धक्का लागेको छ ।
ट्रेड एनालिस्ट कोमल नाहटाले पामेला चोपडाको निधन भएको खबर पुष्टि गरेकी छन् । उनले पामेला चोपडाको आज बिहान निधन भएको बताइन् । पामेला चोपडा आदित्य चोपडा र उदय चोपडाकी आमा र रानी मुखर्जीकी सासु थिइन् । श्रीमान यश चोपडाको मृत्यु भएको करिब ११ वर्षपछि अब पामेला चोपडाले पनि यो संसार छोडेकी छिन् ।
पामेला चोपडा पार्श्व गायिका थिइन् । उनी फिल्म लेखक र निर्माता पनि थिइन् । पामेल चोपडाले चलचित्र जगतमा धेरै योगदान दिएकी छिन् । उनी यश चोपडाका धेरै फिल्मको संगीतमा पनि संलग्न छिन्। पामेला चोपडाले धेरै फिल्ममा गीत गाएकी छिन् । तर उनले सबै गीत श्रीमान्का फिल्मका लागि मात्र गाएकी थिइन् ।
८५ वर्षीया पामेला चोपडा पछिल्लो पटक यशराजको डकुमेन्ट्री सिरिज द रोमान्टिक्समा देखिएकी थिइन् । यस शृङ्खलामा उनले पति यशराजको यात्रा र यशराज फिल्म्सको विरासतबारे धेरै कुरा गरेकी छिन्।







डिसी नेपाल







Facebook Comment