भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेपछि चीनले के भन्यो ?

डिसी नेपाल
७ वैशाख २०८० १३:१२
1.1k
Shares

काठमाडौं । जनसङ्ख्याको हिसाबले चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्न लागेको छ । यस प्रतिवेदनलाई बेवास्ता गर्दै चीनले अझै पनि आफूसँग ९० करोडभन्दा बढी जनसङ्ख्या भएको गुणस्तरीय जनशक्ति रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोषको तथ्यांकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार यस वर्षको मध्यसम्ममा भारत चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्नेछ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई यस प्रतिवेदनबारे प्रश्न गर्दा उनले भने, “म तपाईलाई भन्न चाहन्छु कि ठूलो जनसंख्याको फाइदा संख्यामा मात्र होइन गुणस्तरमा पनि निर्भर गर्दछ।”

जनसङ्ख्या महत्त्वपूर्ण भए पनि प्रतिभावान जनसङ्ख्या हुनु पनि उत्तिकै आवश्यक रहेको उनले बताए । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। वाङले यो पनि भने कि चीनले वृद्ध जनसंख्यालाई सम्हाल्न ठोस कदम चाल्न थालेको छ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार भारतको जनसङ्ख्या १४२.८६ करोड पुग्न लागेको छ भने चीनको जनसङ्ख्या १४२.५७ करोड पुग्न लागेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार भारतको जनसंख्या एसियाली छिमेकीभन्दा २९ लाख बढी हुनेछ । यद्यपि, चीनको जनसंख्याले आफ्नो दुई विशेष क्षेत्र हङकङ र मकाउ र ताइवानको तथ्याङ्क समावेश गर्दैन, जसलाई चीनले आफ्नो हिस्सा दाबी गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *