फरार खालिस्तान समर्थक अमृतपाल सिंहकी पत्नी अमृतसर एयरपोर्टबाट पक्राउ
काठमाडौं । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंहकी पत्नी किरणदीप कौरलाई सोधपुछका लागि अमृतसर विमानस्थलमा हिरासतमा राखिएको छ ।
बीबीसीका सहकर्मी रविन्दर सिंह रोबिनले किरणदीप कौर बिहीबार लन्डन प्रस्थान गर्न लागेको बताए। त्यही भएर उनी अमृतसरको गुरु रामदास एयरपोर्ट पुगिन् ।
अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै देशको मागलाई समर्थन गरेका छन्। पञ्जाब प्रहरीले १८ मार्चमा उनीविरुद्ध कारबाही थालेको थियो।
अमृतपाल सिंह र उनका समर्थकहरूमाथि अमृतसर जिल्लाको अजनाला पुलिस स्टेशनमा हंगामा मच्चाएको आरोप छ।
उनका धेरै समर्थक पक्राउ परेका छन् । उनीहरुमध्ये केहीलाई असमको डिब्रुगढ जेलमा राखिएको छ । तर उनी अझै प्रहरीको हिरासतबाट बाहिर छन् ।
अमृतपाल सिंहकी पत्नी किरणदीप कौरले अधिकारीहरूलाई बताइन् कि उनी आफ्ना आमाबुवालाई भेट्न लन्डन जाँदै थिइन् ।







डिसी नेपाल







Facebook Comment