आजदेखि ट्विटरकाे भेरिफाइड एकाउन्टबाट ब्लू टिक हटयो, अब निश्चित शुल्क तिर्नुपर्ने
काठमाडौं। बिहिबार मध्यरातिदेखि लागू हुने गरी टविटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ।
कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातिबाट हटेकाे छ। जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्विटर एकाउन्टवाट ब्लु टिक हटेको छ।
मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए, उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन्। उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए।
ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो। त्यसका लागि कुनै पनि शुल्क लिने गरिएको थिएन। तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो।
नेपालमा पनि निःशुल्क रुपमा ब्लू टिक पाउने हजारौं थिए, तर बिहीबार रातिबाट पनि सबैजसोको हटेको छ। नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment