जम्मु काश्मिरमा भारतीय सेनामाथि हमला, पाँच सैनिक जवानको मृत्यु

डिसी नेपाल
८ वैशाख २०८० ९:२४
2.4k
Shares

नयाँदिल्ली। भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ। जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो।

भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए। त्यसपछि गाडीमा आगलागी भएको थियो। सो आक्रामणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको हो।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ। मृत्यु भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो।

आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *