स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट पहिलो परीक्षणमै विस्फोट

डिसी नेपाल
९ वैशाख २०८० १०:१३
300
Shares

काठमाडौं । स्पेस एक्स कम्पनीको अहिलेसम्मको सबैभन्दा शक्तिशाली रकेट स्टारशिप आफ्नो पहिलो परीक्षणमा उडेको केही मिनेटमै विस्फोट भयो।

यी रकेटहरू लामो अन्तरिक्ष अभियानहरूमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमा, मंगल ग्रह र यस्तै अन्य ठाउँहरूमा लैजानका लागि डिजाइन गरिएको हो।

टेक्सासको स्पेसएक्सको स्पेसपोर्ट स्टारबेसबाट रकेट सफलतापूर्वक प्रक्षेपण भयो। तीन मिनेट पछि, स्टारशिप क्याप्सुल पहिलो चरणको रकेट बूस्टरबाट अलग हुने थियो, तर यो हुन सकेन र रकेट विस्फोट भयो।

स्पेस एक्स एलन मस्कको कम्पनी हो। यसअघि सोमबार पनि यो रकेटको परीक्षण केही बेरअघि रोकिएको थियो । यसलाई अहिलेसम्मकै शक्तिशाली रकेट भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *