बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा, यस्तो छ कारण

डिसी नेपाल
९ वैशाख २०८० १०:२२
564
Shares

काठमाडौं । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पदबाट राजीनामा दिएका छन् । कर्मचारीले उनीमाथि ‘धम्की’को आरोप लगाएका थिए र छानबिन भइरहेको थियो।

यद्यपि, राबले आरोपहरू अस्वीकार गर्दै आएका छन् र कर्मचारीहरूसँगको व्यवहार ‘व्यावसायिक’ रहेको दाबी गर्दै आएका छन्। उनले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् ।

उनले राजीनामामा आफूले छानबिनको नतिजा स्वीकार गर्न बाध्य रहेको बताएका छन् । मन्त्रीका रूपमा आफ्नो आचरणको बारेमा आठ औपचारिक उजुरीमा उनीमाथि छानबिन भइरहेको थियो।

यसअघि विपक्षी दलले प्रधानमन्त्री ऋषि सुनकले उपप्रधानमन्त्रीको विषयमा निर्णय गर्न ढिलाइ गरेको आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *