पाकिस्तानले केबल अपरेटरहरूलाई भन्यो, भारतीय च्यानल देखाए कारबाही हुन्छ
काठमाडौं । पाकिस्तानमा इलेक्ट्रोनिक मिडिया वाचडगले शुक्रबार स्थानीय केबल टिभी अपरेटरहरूलाई भारतीय च्यानलहरूको प्रसारण बन्द गर्न भनेको छ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले यसलाई पालना नगर्नेलाई कडा कारबाही गरिने जनाएको छ।
धेरै अपरेटरले सर्वोच्च अदालत र प्राधिकरणको नियम उल्लङ्घन गरेको पाइएको प्राधिकरणले जनाएको छ ।
पाकिस्तानले भारतीय चलचित्र र टिभी च्यानललाई पटकपटक प्रतिबन्ध लगाएको छ ।
सन् १९६५ को युद्धमा पहिलो पटक यस्तो भएको थियो र यो प्रतिबन्ध दशकौंसम्म जारी थियो तर सन् २००८ मा यो प्रतिबन्ध हटाइएको थियो ।
यसपछि कश्मीर मुद्दामा दुई देशबीच तनाव बढेपछि २०१६ मा फेरि प्रतिबन्ध लगाइएको थियो ।
लाहोर उच्च अदालतले २०१८ मा प्रतिबन्धको विरुद्धमा फैसला गर्यो, तर सर्वोच्च अदालतले अक्टोबर २०१८ मा यसलाई उल्टाइदियो।







डिसी नेपाल







Facebook Comment