हाइप्रोफाइल यौन धन्दाको पर्दाफास, फिल्मकी हिरोइन पक्राउ, ३ मोडलको उद्धार
काठमाडौं । मुम्बई प्रहरीले एक हाई प्रोफाइल सेक्स गिरोहको पर्दाफाश गरेको छ । यस प्रकरणमा छापा मारेर एक भोजपुरी अभिनेत्री पनि पक्राउ परेकी छिन् । प्रहरीका अनुसार सुमन कुमारी नामकी यी भोजपुरी अभिनेत्री एक हाई प्रोफाइल सेक्स र्याकेटमा बिचौलियाको रुपमा काम गरिरहेकी थिइन् ।
मुम्बई प्रहरीको समाज सेवा शाखाले यो कारबाही गरेको हो । प्रहरीका अनुसार उनीहरुलाई आरे कालोनी क्षेत्रमा रहेको रोयल पाम होटलमा सेक्स र्याकेट चलिरहेको जानकारी प्राप्त भएको थियो । भोजपुरी नायिकालाई प्रहरीले नक्कली ग्राहक पठाएको थियो । सुमन कुमारीले ती नक्कली ग्राहकसँग सम्झौता गरिन्, जसमा उनले प्रत्येक मोडेलका लागि ५० देखि ८० हजार रुपैयाँ मागेकी थिइन् ।
सुमन कुमारीले आरे कालोनीस्थित रोयल पाम होटलमा नक्कली ग्राहक पठाएकी थिइन् । यहाँ पहिले देखि नै मोडलहरू उपस्थित थिए। सो क्रममा प्रहरीले सुमन कुमारीलाई घटनास्थलबाटै रकम लिने क्रममा पक्राउ गरेको थियो । होटलबाट ३ मोडलको पनि उद्धार गरिएको छ ।
प्रहरीका अनुसार सुमन कुमारी भोजपुरी अभिनेत्री हुन् जसले ग्राहकलाई मोडल आपूर्ति गर्छिन् । यी मोडलहरू फिल्ममा करियर बनाउन मुम्बई आएका थिए, संघर्षको अवधिबाट गुज्रिरहेका यी मोडलहरूलाई पैसा चाहिन्छ। सुमन कुमारीले उनीहरूलाई सम्पर्क गरी वेश्यावृत्तिमा लगाइन् ।
हाइ प्रोफाइल सेक्स र्याकेटमा दलालको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री सुमन कुमारीले धेरै भोजपुरी फिल्ममा काम गरिसकेकी छिन् । लैला मजनु बाहेक सुमनले बाप नम्बरी बेटा दस नम्बरी जस्ता भोजपुरी कमेडी शो गरिसकेकी छिन् । यसबाहेक अभिनेत्रीले बुम ओटीटी च्यानलमा पनि काम गरिसकेकी छिन् ।
मुम्बई प्रहरीको समाज सेवा शाखाले अभिनेत्रीलाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानका अनुसार सुमन कुमारी ६ वर्षदेखि मुम्बईमा बस्दै आएकी थिइन्, तर कहिलेदेखि यो सेक्स र्याकेटको कारोबारमा लागेपछि हालसम्म यसको जानकारी पाउन सकेको छैन ।







डिसी नेपाल







Facebook Comment