इरानी सेनाको शक्ति प्रदर्शन, मिसाइलले सुसज्जित २०० ड्रोनको तस्वीर जारी
काठमाडौं । इरानको सेनाले आफ्नो शक्ति देखाउन मिसाइलले सुसज्जित करिब २०० ड्रोनको तस्बिर सार्वजनिक गरेको छ । इरानको सरकारी टिभी च्यानलले पनि तेहरानसँग विश्वकै सबैभन्दा घातक ड्रोन रहेको दाबी गरेको छ । ती ड्रोनहरूलाई गुप्तचर आधारमा राखिएको बताइएको छ। तर, आधार कहाँ हो कसैलाई थाहा छैन ।
अब यी ड्रोन रुस–युक्रेन युद्धमा प्रयोग हुन सक्ने आशंका गरिएको छ । युक्रेनले पटक पटक रुसी सेनाले युद्धमा इरानी हतियारले आक्रमण गरेको आरोप लगाएको छ । तर, इरानले यसलाई अस्वीकार गर्दै आएको छ । योसँगै अमेरिका र युरोपेली संघले इरानको ड्रोन कार्यक्रममाथि प्रतिबन्ध लगाएका छन् ।
जुलाई १९, २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुगेका थिए । यो उनको पाँचौं भ्रमण थियो। उनले इरानका सर्वोच्च नेता अली खामेनीसँग भेट गरेका थिए । यसपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आफ्नो गुप्तचर नेटवर्कले इरानले रुसलाई हजारौं ड्रोन बेच्न चाहेको कुरा थाहा पाएको बताए । त्यहाँ धेरै हतियारहरू हुनेछन्, जुन युक्रेनको युद्धमा प्रयोग गर्न सकिन्छ।
१७ अक्टोबर २०२२ मा रुसले युक्रेनको राजधानी किभमा कामिकाजे ड्रोनद्वारा आक्रमण गरेको थियो। यी इरानमा बनेका थिए। आक्रमणमा प्रयोग गरिएको कामिकाजे ड्रोनको नाम शाहीद-१३६ राखिएको थियो । यो ड्रोनलाई इरानको सबैभन्दा खतरनाक हतियार मानिन्छ।







डिसी नेपाल







Facebook Comment