जनताको काम गर्ने पार्टीलाई सत्ताबाट हटाउने षड्यन्त्र हुन्छ : महासचिव पोखरेल

डिसी नेपाल
९ वैशाख २०८० १६:३३

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले अदालतको माध्यमबाट जनताको पक्षमा काम गर्ने सरकारलाई अदालतको माध्यमबाट ९ महिना मै हटाइएको आरोप लगाए ।

उनले भने, राज्यसत्ताका लागि झगडा गर्ने विभिन्न राजनीतिक दलहरुको षड्यन्त्र पूर्ण गतिविधिका कारण जतिबेला हामी जनताको पक्षमा काम गर्न लागेका हुन्छौ हामीलाई सत्ताबाट निकाल्ने षड्यन्त्र हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको्, आफ्नो घर आफै बनाउ अभियानको थालनी गरेको र सुकुम्बासी समस्या समाधानको लागि नयाँ मानक खडा गर्ने हिसाबको काम गरेको तर त्यो सरकारलाई ९ महिना मै काम गर्ने अवसरबाट बञ्चित गरियो त्यो पनि अदालतको माध्यमबाट । ’

महासचिव खनालले नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभाको विघटन गर्ने पार्टी नेकपा एमालेले मात्र नभएको भन्दै जनताको लागि गरिएको कामलाई अदालतको मार्फत रोक लगाइएको बताए ।

उनले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नेतृत्व गर्न सक्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै भएको भन्दै यो कुरा जनताको सामु प्रस्तुत गर्नु अवशयक भएको बताए ।

उनले एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्ने तयारीमा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *