गण्डकीका मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ : समर्थन गर्दैनौं

डिसी नेपाल
९ वैशाख २०८० १८:३९

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् । शनिवार दिउँसो गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखे पनि माओवादीले उनलाई समर्थन गरेन ।

बैठकमा माओवादी केन्द्र, संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई संसदीय दलको निर्णय अनुसार नै विश्वासको मत दिन नसक्ने बताए । उनले भने, ‘माओवादी केन्द्रको संसदीय दललेनै यो निर्णय गरेको छ कि, हामी समर्थन फिर्ता लिएको दल यो विश्वासको मतमा समर्थन गर्न सक्दैनौं। विपक्षमा उभिन्छौं ।’

यस अघि मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए । उनले विश्वासको मत माग्दै सरकार निर्माण गर्दा जनाएको सहकार्यसम्बन्धि प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर केन्द्रको राजनीतिमा भएको परिवर्तन र त्यस्ले जुटाएको नयाँ सहमति अनुरुप अधिकारीको सरकारलाई समर्थन गर्न नसक्ने माओवादीको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *