खालिस्तानी नेता अमृतपालसिंह भारतमा पक्राउ
नयाँ दिल्ली। खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ। मोगा पुलिसले रोडेवाल गुरुद्धारबाट अमृतपाललाई पक्राउ गरेको हो।
पञ्जाब प्रहरीले ट्वीट गरेर यसको जानकारी दिएको हो। सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो। पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ ।
‘अमृत पाल सिंह पञ्जाबको माेगाबाट गिरफ्तारमा परेका छन्, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेकाे छ।
भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पञ्जाबमा नै पक्राउ परेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment