डायबिटीजका लागि फाइदाजनक करेला, खाँदा यी कुरामा ध्यान दिनुहोस्

डिसी नेपाल
१० वैशाख २०८० १०:१७
14.5k
Shares

काठमाडौं । करेला खान धेरैलाई मन पर्दैन । तर, अझै पनि कतिपयले डायबिटीज जस्ता रोगका कारण बाध्यताले खाने गर्छन् । तर, अब जब मधुमेहको कुरा आउँछ, तब यो रोगमा करेला किन खानुपर्छ भन्ने थाहा पाउनु पर्छ । किनभने करेलामा फाइबर, भिटामिन पाइने भएतापनि यसले मधुमेहका बिरामीलाई केही फरक फाइदा गर्छ । कसरी, यस रोग बारे विस्तृत जान्नुहोस्।

करेला किन फाइदाजनक हुन्छ डायबिटीजमाः

डायबिटीजममा करेला एउटा यस्तो खाना हो जसले टाइप–२ मधुमेहमा इन्सुलिन संवेदनशीलता बढाउन सक्छ। यो तरकारीमा कम्तिमा दुई सक्रिय पदार्थहरू छन् जसमा एन्टि–मधुमेह गुणहरू छन्। जसले रक्त शर्करालाई नियन्त्रण गर्न मद्दत गर्दछ। पहिलो बायोएक्टिभ पदार्थ पोलिपेप्टाइड–पी हो जसले इन्सुलिन सक्रिय गरेर चिनी नियन्त्रणमा मद्दत गर्न सक्छ। दोस्रो, यसमा भिसिन हुन्छ, जुन शरीरमा इन्सुलिन जस्तै हुन्छ र चिनीको मेटाबोलिज्मलाई गति दिन्छ।

यति मात्र होइन, करेलामा लेक्टिन हुन्छ जसले मस्तिष्कमा इन्सुलिनको प्रभाव जस्तै काम गर्छ र भोक कम गरेर रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ। यसका साथै यसमा रहेको एन्टिअक्सिडेन्ट र फाइबर पनि चिनी नियन्त्रण गर्न निकै सहयोगी हुन्छ ।

मधुमेहमा करेला खाँदा यी कुरामा ध्यान दिनुहोस्ः

मधुमेहमा करेला खाँदा एउटा कुरामा ध्यान दिनुहोस् कि यसलाई धेरै पकाउनु हुँदैन । यसलाई उमालेर खानुहोस् वा यसरी पकाएर खानुहोस्। यसलाई धेरै तेलमा पकाएर वा भुटेर मात्र नखानुहोस्। किनभने, धेरै पकाउँदा करेलाको सक्रिय यौगिकलाई मार्न सक्छ। यी सबै कुरालाई ध्यानमा राखेर मधुमेहमा करेलाको जुस वा सलादको रुपमा पनि खान सक्नुहुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *