बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप (भिडियो)

डिसी नेपाल
१० वैशाख २०८० १२:०५

बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।

उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कव्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।

उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *