अवैध लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
१० वैशाख २०८० ११:५५
72
Shares

कञ्चनपुर। बेलौरी नगरपालिका-६ विद्यानगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *