मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए

डिसी नेपाल
१० वैशाख २०८० १४:३५
240
Shares

बामाको। गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ।

अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ।

विष्फोटबाट विमानस्थल वरपरका केही घरहरू ध्वस्त भएका छन्। बहादुरीपूर्वक विद्रोहीको सामना गरेका सुरक्षा फौजका जवानले आक्रमणकारीलाई परास्त गरेका विज्ञप्तिमा उल्लेख छ।

सन् २०१२ मा देशको उत्तरी भागमा जिहादी पृथकतावादी विद्राह शुरु भएपछि मालीको शान्तिसुरक्षामा सङ्कट उत्पन्न भएको छ। सन् २०२० को अगष्टदेखि राजनीतिक व्यक्तिहरूको परिषद्ले सत्ता सम्हालेको छ।

फ्रान्स र अन्य पश्चिमा साझेदारसँगको सहयोगमा जिहादीविरुद्ध सङ्घर्षरत माली ती साझेदारसँगको लामो समयदेखिको सम्बन्ध तोडेर सैन्य र राजनीतिक रुपमा रुसतर्फ मोडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *